राष्ट्रियसभाबाट बजेट पास, एमालेको बिरोध जारी

राष्ट्रियसभाबाट बजेट पास, एमालेको बिरोध जारी

सरकारले पेश गरेको विनियोजन विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ । आज बसेको राष्ट्रियसभाको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बिरोधका बाबजुद पनि विनियोजन विधेयक पास गरेको हो ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको विनियोजन विधेयक २०७८, मा उल्लेखित विनियोजन शिर्षकहरुमाथिको छलफलमा भाग लिन सांसदको नाम माग्नुभएको थियो ।

तर, कुनै पनि दलबाट नाम नआएपछि अध्यक्ष तिमल्सिनाले राष्ट्रियसभाबाट विनियोजन विधेयक पास भएको घोषणा गर्नुभएको हो ।

अब प्रतिनिधिसभाका सभामुखले प्रमाणिकरण गरेर राष्ट्रपतिसमक्ष पेश गरेर दस्तखत भएपछि उक्त विधेयकले कानुनी रुप लिनेछ ।

टिप्पणीहरू