अवैध सुन आयातमा वैदेशिक रोजगारमा गएकालाई प्रयोग

अवैध सुन आयातमा वैदेशिक रोजगारमा गएकालाई प्रयोग

वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा पुगेका कामदारहरुको माध्यमबाट अवैध रुपमा सुन भित्राउने गरिएको यथार्थ खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली गरि ल्याइएका सुनका गरगहना प्रहरीले बरामद गर्ने क्रम बढेपछि उक्त यथार्थ बाहिरिएको हो ।

महानगरीय प्रहरी परिसरबाट खटिएको विशेष प्रहरी टोलीले गरगहनाको रुपमा ल्याइएका सुन फेला पार्न सफल भएको हो । विमानस्थल छिर्ने गोल्डेन गेट नकिजैबाट छ जनाको साथबाट प्रहरीले ३ सय ग्राम सुनको गहना बरामद गरेको बताइएको छ ।

विदेशबाट आएकाले अवैध रुपमा ल्याएको सुनको चुरासहित छ जनालाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ । उनीहरुलाई विदेशबाट काठमाडौंसम्म सुन ल्याउन गिरोहले प्रयोग गरेको रहस्य खुलेको हो ।

टिप्पणीहरू