काठमाडौंको निजी घरमा ‘क्यासिनो’, झण्डै १९ लाख बरामद

काठमाडौंको निजी घरमा ‘क्यासिनो’, झण्डै १९ लाख बरामद

काठमाडौंको एउटा निजी घरमा क्यासिनो स्टाइलमा तास खेलाएको सूचनाको आधारमा प्रहरीले छापा मार्दा १३ जना पक्राउ परेका छन् । उनीहरुको साथ १८ लाख ७५ हजार रुपैयाँ र ७ बुक तास समेत बरामद भएको छ ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ७, हरहरमहादेवस्थित कमल दाहालको घरमा क्यासिनो स्टाइलमा तास खेलाइएको हो । दाहालको घरम गए राति छापा मार्दा प्रहरीले घरको दोस्रो तल्लामा बनाइएको क्यासिनोरुपी खालबाट ती सबैलाई पक्रेको हो ।उनीहरूबाट प्रति क्वाइन १० हजार भ्यालु रहेका ४० वटा ग्रिन क्वाइन, पाँच सय भ्यालु भएका ८० वटा रेड क्वाइन र एक हजार भ्यालु भएका १ सय ४० वटा ब्ल्यु क्वाइन सोत बरामद भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू