सगरमाथामा र्याम्प गर्दै सुन्दरीहरु

सगरमाथामा र्याम्प गर्दै सुन्दरीहरु

सगरमाथा बेस क्याम्प भन्नेबित्तिकै लाग्ला त्यहाँ लुगलुग कमाउने जाडो छ । अनि भुक्क फुलेका बाक्ला ज्याकेट,बाक्लो टोपी,ग्वाम्म परेका जुत्ता र बाक्ला मोजा लगाएको मान्छे झल्को दिमागमा आउनु स्वभाविक हुन्छ ।

तर आज सगरमाथा बेशक्याम्पमा यो भन्दा फरक माहोल सृजना हुँदैछ । नेपाललाई दिगो फेसनको राजधानी बनाउने उद्देश्यले आज सगरमाथा बेश क्याम्पमा फेसन शो प्रतिस्पर्धाको आयोजना हुँदैछ । आज हुँदै गरेको फेसन शो केहि वर्ष पहिले आयोजना गरिएको दुनियाँकै अग्लो स्थानको शोको दोस्रो संस्करण हो ।

आज हुँदै गरेको फेसन शोमा नेदरल्यान्डकी राजकुमारी एलिसा क्याटेरिना र इटालीका राजकुमार सहभागी हुँदैछन् । सगरमाथा बेसक्याम्प फेसन शोको उध्देश्य हिमाल र जैविक विविधता संरक्षण गर्नु हो ।

फेसन शोमा विश्वका चर्चित १४ जना सुपर मोडलले भाग लिँदै छन् । इटाली,डेनमार्क,बेलायत, पोल्यान्ड,रसिया,नेदरल्यान्ड, नेपाल र फिनल्यान्डका सुपर मोडलहरु यसमा सहभागी छन् । सोही फेसन शोमा क्याप्टेन विजय लामाले समेत र्याम्प वाक गर्ने भएका छन् ।

टिप्पणीहरू