यस्तो छ नेपाली समाजबारे ओलीको व्याख्या

यस्तो छ नेपाली समाजबारे ओलीको व्याख्या

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वैचारिकभन्दा व्यवहारिक बहस-छलफल गर्ने नेताको रुपमा परिचित हुनुहुन्छ । ठट्यौली पारामा व्यावहारिक कुरा गर्नु ओलीको विशेषता हो । सार्वजनिक कार्यक्रममा मात्र होइन,पार्टीका आन्तरिक बैठक, प्रशिक्षणहरुमा पनि ओली कार्यकर्तालाई हँसाउन चट्पटे भाषण गर्नुहुन्छ ।

वैचारिक-राजनीतिक विषयमा भन्दा उखान टुक्का जोडेर व्यावहारिक कुरालाई प्रष्ट राख्ने ओलीको स्वभाव हो । तर,उनै ओलीले असोज १५ देखि १७ गतेसम्म काठमाडौँमा हुने विधान महाधिवेशनको तयारीका लागि पार्टी स्थायी कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा भने वैचारिक-राजनीतिको लामै व्याख्या गरिएको छ । ओलीले नेपाली समाजको व्याख्या गर्दै प्रारम्भिक पूँजीवादको चरणमा प्रवेश गरेको बताउनुभएको छ ।

आफ्नो प्रतिवेदनमा ओलीले सामन्तवादको अन्त्य भएपनि त्यसका अवशेष अझै कायमै रहेको उल्लेख गर्नुभएको छ । माओवादी पंक्तिले भन्ने गरेको सामन्तवादको अवशेषको विषयलाई ओलीले समेत उठाउनुभएको हो । प्रतिवेदनमा भनिएको छ,’सामन्तवादका अवशेषहरु कायमै रहेको भए पनि सामन्तवाद मूलभूत रुपमा विघटन भएको छ । नेपाली समाज प्रारम्भिक प्रकृतिको पूँजीवादी समाजमा बद्लिएको छ ।’

प्रतिवेदनमा नेपाल कहिल्यै पनि अर्ध-औपनिवेशिक नभएको दाबी गरिएको छ । नेपाल सधैं स्वतन्त्र र सार्वभौम राष्ट्रका रुपमा रहेकाले अर्ध-औपनिवेशिक राष्ट्र भन्नु गलत हुने प्रतिवेदनको ठहर छ । यद्यपि राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको संघर्षको अन्त्य भने नभएको ओलीको भनाइ छ ।

ओलीले दोस्रो जनान्दोलनलाई नेपालको सापेक्षताको मौलिक पूँजीवादी क्रान्ति भन्नुभएको छ । त्यसलाई जबजले देखाएको बाटोका रुपमा चित्रण गरिएको छ ।

टिप्पणीहरू