२ वटा हेलिकोप्टर चढेर ३ किलोमिटर सुरुङ निरीक्षण

२ वटा हेलिकोप्टर चढेर ३ किलोमिटर सुरुङ निरीक्षण

जलस्रोत तथा ऊर्जा मन्त्री पम्फा भुसालले हिजो अरुण तेस्रो आयोजनाको निरीक्षण गर्नुभएको छ । संखुवासभाको माथिल्लो भागमा अवस्थित परियोजनाको निरीक्षण गर्न मन्त्रीसँगै ऊर्जा सचिव,अर्थ सचिव र विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ हेलिकोप्टर चढेर हिजो बिहान त्यसतर्फ जानुभएको हो ।

उता,संखुवासभाका नयाँ सिडियो नुराहरि खतिवडा पनि काठमाडौंबाट तुम्लिङटार झर्नेबित्तिक्कै अर्को हेलिकोप्टर लिएर अरुण परियोजनातिर हान्निएका थिए ।

ड्याम नजिकै हेलिकोप्टर रोकेर सबैले एक नजर त्यता लगाएको र एक छिनपछि सबैजना निर्माणाधीन सुरुङभित्र छिरेको उनै खतिवडाले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।

परियोजनाको अवलोकनपछि सबैजना तुम्लिङटार आएको र त्यहाँबाट आफूचाहिँ खाँदबारी गएर सिडियोको पदबहाली गरेको समेत नुराहरीले सबैलाई अवगत गराएका छन् ।

टिप्पणीहरू