सोह्र श्राध्दको शुरुमै १७ जुवाडे समातिए

सोह्र श्राध्दको शुरुमै १७ जुवाडे समातिए

दशैँको बेला जुवा फुकुवा गर्ने चलन बन्द भए पनि जुवा खेल्ने बेमौसमको चलन भने अझै रोकिएको छैन । सोह्र श्राध्द लागेलगत्तै झापा दमक-१ बाट १७ जना जुवाडे फेला परेका छन् ।

कौडा हानिरहेको बेला पक्राउ पर्नेमा जिल्लाका नाम चलेकै १७ जुवाडे रहेका छन । जसमा भद्रपुर-७ का ५१ बर्षीय युवराज न्यौपाने, भद्रपुर-९ का ४९ बर्षीय दिलबहादुर राई,भद्रपुर-१० का ५० बर्षीय ठाकुरप्रसाद निरौला रहेका छन् ।

त्यसैगरी बिर्तामोड-१ का ४२ बर्षीय तीर्थ अधिकारी,कन्काई-३ का ३२ बर्षीय मोहन बराल र बर्ष ३२ कै सुनिल साह छन् । यसैगरी गौरादह-५ का ४५ बर्षीय हरि कोइराला,कमल गाँउपालिका-४ का ४७ बर्षीय सुबिन्द्र सुब्बा, दमक-७ का ४९ बर्षीय कर्ण राई, सोही स्थानका ४० बर्षीय राजन दाहाल र ३४ बर्षीय विनोद थेबे रहेका छन् ।

बेलबारी ११ का २१ बर्षीय निशान पोखरेल, पथरी शनिश्चरे ४ का ४० बर्षीय बलराम बस्नेत,पथरी शनिश्चरे-१ का ४३ बर्षीय गंगाराम मगर, मोरङ ग्रामथान-४ का ५७ बर्षीय लक्ष्मी प्रसाद अधिकारी, ग्रामथान-५ का ४२ बर्षीय नैन कुमार चौधरी र ग्रामथान-६ का ४४ बर्षीय रुपेश तामाङ पनि हिरासतमा पुग्नेमध्येका हुन् ।

उनीहरुलाई प्रहरीले दमक-१ का हिमाल देवानको घर कम्पाउण्डबाट दसी प्रमाणसहित पक्राउ गरेको हो । प्रहरीले जुवाको खालबाट १६ थान कौडा र नगद ४ लाख २७ हजार ६ सय रुपैयाँसमेत बरामद गरेको छ ।

सुराकीको आधारमा हिजो राती साढे ११ बजे प्रहरीले देवानको घरमा छापा मारेको थियो । अभियुक्त जुवाडेहरुविरुध्द जुवा ऐनअन्तर्गत कानुनी कारबाही अगाडि बढाइने ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

टिप्पणीहरू