सालको काठ ओसार्ने,समातिनेलाई छाड्न जुलुश निकाल्ने

सालको काठ ओसार्ने,समातिनेलाई छाड्न जुलुश निकाल्ने

डिभिजन वन कार्यालय सुर्खेत,भेरीले ४४ थान सालको चिरान काठसहित एक जनालाई नियन्त्रणमा लिएको छ । वन कार्यालयका प्रमुख ललित कर्णका अनुसार हिजो राती साढे दश बजे पञ्चपुरी नगरपालिकाको वडा नं. ६ बाबियाचौरमा सोही पालिका वडा नं. दुईका शंकर नेपालीलाई काठसहित नियन्त्रणमा लिइएको हो ।

तस्करीका लागि भनेर राती ल्याइँदै गरेको काठ कर्णाली प्रदेश ००२–००१०० त ९४ नम्बरको ट्र्याक्टरमा ल्याइएको थियो । नेपाली र ट्याक्टर दुवैलाई प्रहरीको सहयोगमा कार्यालयले समातेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएफओ कर्णले बताए ।

ड्राइभरले घर बनाउनकालागि भनेर काठ ल्याएको भनेपनि तस्करी गर्नकालागि ल्याइएको कार्यालयको आशंका छ । यसैबीच, पन्चपुरी नगरपालिकामा काठ समातिएपछि केहि व्यक्तिले कार्यालयमा आई अवैध नभई वैध काठ भएको भन्दै कारवाही अघि नबढाउन दबाब दिइरहेको प्रमुख कर्णले बताए ।

‘अहिले धेरैले दवाव दिइरहेका छन् । २४ देखि २५ जना यहाँ आएका थिए । मैले आवश्यक अनुसन्धान नगरी, कारवाही नगरी छोड्दिन भनेपछि उहाँहरु अहिले फर्किनु भएको छ ।’

उनले भने, ‘आजै उच्च सरकारी वकिलको कार्यालयमा थप प्रक्रियाका लागि पठाइसकेको छु । कसकालागि काठ ल्याइएको हो, के गर्न ल्याइएको हो अनुसन्धानपछि मात्रै थाहा हुन्छ ।

टिप्पणीहरू