चितवनमा माछा मार्न खोज्ने करेण्ट लागेर बिते

चितवनमा माछा मार्न खोज्ने करेण्ट लागेर बिते

चितवनमा नहरमा करेण्ट लगाएर माछा मार्न खोज्ने एक जनाको ज्यान गएको छ । भरतपुर महानगरपालिका १४ बस्ने ३२ वर्षीय माधव गौतमलाई करेन्ट लागेपछि आज बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

स्थानीय बरौजी नहरमा करेण्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेपछि उनी अशक्त भएका थिए । त्यसपछि उनलाई उपचारार्थ नयाँ मेडिकल कलेज, भरतपुर पुर्याए पनि त्यहिँ मृत्यु भएको हो ।

टिप्पणीहरू