बालाजु नजिकै गाई काटियो, काट्दा काट्दै ४ जना समातिए

बालाजु नजिकै गाई काटियो, काट्दा काट्दै ४ जना समातिए

काठमाडौंको बालाजु नजिकै गाई काटेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नौकुण्ठ गाउँपालिका २, रसुवा घर भएका ६५ वर्षीय कामछिरिङ लोप्चनलगायत चार जना रहेको बताइएको छ ।

तारकेश्वर नगरपालिका ५, गोलढुङ्गास्थित फुयेलचोक चौताराको खोलामा गाईको बाछो काटिरहँदा प्रहरीले उनीहरुलाई पक्रेको हो । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरुले गाईको बाछो काटिरहेको अवस्थामा फेला पारेको थियो ।

टिप्पणीहरू