पोखरीमा खेल्ने क्रममा डुबेर बालिकाको ज्यान गयो

पोखरीमा खेल्ने क्रममा डुबेर बालिकाको ज्यान गयो

सप्तरी र कञ्चनपुरमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । सप्तरीको खडक नगरपालिका ८, मुसहरनिया बस्ने राजेशकुमार चौधरीकी छोरी ३ वर्षीया एलिजाकुमारी चौधरीको पानीमा डुबेर मृत्यु भएको हो ।

आफ्नै घर नजिक रहेको पोखरीमा खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएकी उनको स्थानीय अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

उता, कञ्चनपुरको पुनर्बास नगरपालिका ११, बस्ने ४० वर्षीय माने खत्रीको पनि डुबेर मृत्यु भएको छ । स्थानीय एउटा खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका खत्रीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

टिप्पणीहरू