वामदेवको जिल्लामा ओलीको बोली:उहाँले बाटो बिराएकै हो

वामदेवको जिल्लामा ओलीको बोली:उहाँले बाटो बिराएकै हो

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज मध्यान्ह पूर्व उपाध्यक्ष वामदेव गौतमको गृह जिल्लामा मनको बह पोखेका छन् । जिल्ला कमिटी बर्दियाले आयोजना गरेको कार्यकर्ता भेलालाई ओलीले एक घण्टा ७ मीनेट सम्वोधन गरेका हुन् ।

जिल्लाका करिव हजार ३ सय जनालाई साक्षी राखेर उनले बर्दियाली वाम आन्दोलनमा वामदेव गौतमको योगदान महत्वपूर्ण रहको स्मरण गर्न भ्याएको नेता लक्ष्मण ज्ञवालीले बताए । ओलीले भने-गौतमले बाटो बिराउनु भएको छ । हिँड्दा ठेस लागेपछि फेरि मूलबाटोमै फर्कने आशा छ ।

सम्वोधनमा ओलीले आफ्नो सरकारले बाढी पीडित र सुकुम्वासीका लागि काम गरेको पटक पटक दोहोर्याएका थिए । अहिलेको सरकारले भूमिहिन र बाढी पीडितका लागि आफूले छुट्याएको बजेटसमेत कटौती गरेर सक्कली अनुहार देखाएको ओलीले आरोप लगाए ।

टिप्पणीहरू