वीर अस्पतालको इमर्जेन्सीमा नन्दलालको वार्षिकी

वीर अस्पतालको इमर्जेन्सीमा नन्दलालको वार्षिकी

सात वर्षअघि बितेर सदगत नगरी शिक्षण अस्पतालको मूर्दाघरमा राखिएका नन्दलाल अधिकारीको आज वार्षिकी मनाइएको छ । मारिएका छोराको निम्ति न्याय खोज्दाखोज्दै सात वर्षअघि ज्यान गुमाएका नन्दलाललाई समेत न्याय माग्दै वीर अस्पतालको इमर्जेन्सी गेट अगाडि वार्षिकी कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा बोल्दै अधिकारीकी धर्मपत्नी गंगामायाले १० वर्ष लडे पनि आफूले न्याय नपाएको र न्याय पाउन अब कहाँ जानुपर्ने भन्दै सरकारसँग न्यायको बाटो देखाइदिन आग्रह गरेकी छन् ।

उनले भनिन् ‘मलाई वीर अस्पताल किन ल्याइएको हो ? डाक्टरले न्याय दिने हो र ! छोराको न्यायको लागि लड्दालड्दै श्रीमान गुमाएको पनि आज ७ वर्ष भयो । अब मैले न्यायको लागि जाने कहाँ ? यो सरकारले भन्दिनुपर्यो ।’

उनले सास रहुञ्जेल श्रीमान् र छोराको न्यायको लागि लडिरहने बताउँदै, ‘प्रचण्ड र बाबुरामलाई हत्कडी लगाएको दिन आफूले न्यायको अनुभूति गर्ने,’ उल्लेख गरेकी छन् । कार्यक्रममा नन्दलालकी धर्मपत्नी गंगामाया अधिकारीलगायत द्वन्द्वकालका पीडित परिवारहरुको उपस्थिति थियो ।

टिप्पणीहरू