तीन दिदीबहिनी पहिरोमा पुरिए,मेयरद्वारा ३० हजार राहत

तीन दिदीबहिनी पहिरोमा पुरिए,मेयरद्वारा ३० हजार राहत

गुल्मी जिल्ला सदरमुकाम तम्घासमा मंगलवार मध्यरात गएको पहिरोमा पुरिएर मृत्यु भएको परिवारलाई रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले ३० हजार रुपियाँ आर्थिक सहयोग गरेका छन् ।

लगातारको बर्षापछि जिल्लाको सदरमुकामसमेत रहेको रेसुङ्गा नगरपालिका वडा नम्बर–८ खानिगाउँका सिलाइ बुनाइ व्यवसायी तिलक परियारका ३ छोरीको पहिरोमा परेर मृत्यु भएको थियो ।

पीडित परिवारलाई जिल्ला अस्पताल पुगेर नगरपिता भुसालले राहतस्वरुप उक्त रकम हस्तातरण गरेका हुन् । भुसालले दु:खको घडीमा नगरपालिका सधैं जनताको साथमा रहेको बताए । उनले थप राहतको लागि अरु पहल गर्नेसमेत बताए ।

मंगलवार राती पहिरोमा परेर २१ वर्षकी भावना,१४ वर्षकी गंगा र जमुना परियारको मृत्यु भएको थियो । एक तले पक्की घर माथिबाट ढुंगामाटोसहितको पहिरोले घरको वीच कोठामा एकै ठाउँ सुतिरहेका ३ जनाको पुरिएर मृत्यु भएको हो । पहिरोमा परेको घरमा रहेका अन्य ३ जना भने सकुशल छन् ।

टिप्पणीहरू