न्यायालयमा अचेल नमज्जा

न्यायालयमा अचेल नमज्जा

न्यायाधीशबीचको गुटबन्दीका कारण अदालत नै असहाय बन्न पुगेको खबर हो यो । बाहिरका मान्छेलाई भन्दा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशहरू भन्छन्, ‘राजनीतिक प्रकृतिका मुद्दा सबै प्रधानन्यायाधीशले मन परेकाहरूको इजलाशमा राख्नुभयो ।’

तर, प्रधानन्यायाधीशकै दुःखचाहिँ के रहेछ भने, वरिष्ठहरूलाई मुद्दा दियो, हेर्न नमान्ने ! जब–जब राजनीतिक विवाद वा राष्ट्रिय मामिलासँग सरोकार राख्ने मुद्दा वरिष्ठहरूको बेञ्चमा पुग्छ, तब अकस्मात् श्रीमान्हरू विरामी परिदिने, घरायसी बिदा बसिदिने या साढे १२ बजे नै हेर्न नभ्याइने भनी बेञ्चबाट उठिदिने ।

सर्वोच्चमा अहिले पनि कतिपय निर्णय उल्ट्याएर सरकारलाई अप्ठेरो पार्नेखालका मुद्दा छन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिट प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले लगातार आफ्नो बेञ्चमा राखे अन्ततः हिजो अन्तरिम आदेश नदिई काम गर्न र बाटो खुलाइएको छ ।

उता, न्यायाधीश सरुवामा भद्रगोल छ । नियमित सरुवा साउनमा हुनुपर्ने । गत वर्ष कोभिड संक्रमणको कारण दशैंमा पुग्यो । यसपालि त तिहारपछि पनि हुने सम्भावना छैन । अर्कातिर, राजनीतिक नेतृत्वले अर्कैलाई प्रधानन्यायाधीश बनाउने भनेर उकासिरहेको सर्वोच्चमा चर्चा छ । न्यायाधीशहरू नै संवैधानिक इजलाशमा बस्ने, हट्ने काम पनि भैरहेकै छन् ।

एउटा मामुली मुद्दा दर्ता भएपछि पेशी राख्न ६ महिनासम्म लगाइन्छ । त्यसमाथि न्यायाधीशहरू आफ्नो स्वार्थ गाँसिए फटाफट काम गर्ने, नभए अन्तरकालीन आदेशमा अड्काएर राख्ने परिपाटी विकास भएको आरोप पनि छ ।

टिप्पणीहरू