राष्ट्र बैंकका गभर्नरलाई कोरोना

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कोरोना संक्रमण भएको छ । अधिकारी संक्रमणको लक्षण देखिएपछि हिजोदेखि कार्यालय नगएको स्रोतले बताएको छ ।

स्रोत भन्छ, ‘अस्ति साँझदेखि उहाँलाई अलि बिसञ्चो देखियो । हिजो कार्यालय जानु भएन । आज परीक्षणको रिपोर्ट पोजिटिभ आयो ।’

अधिकारी आज पनि कार्यालय जानुभएको छैन ।

टिप्पणीहरू