​विचरालाई के थाहा विदेश नजानेको बिलौना

लायन्स क्लबलाई अन्तर्राष्ट्रियस्तरमै सामाजिक संस्थाको रूपमा लिइन्छ । निःस्वार्थ रूपमा नियमानुसार रकम तिरेर सदस्य बन्न पाइन्छ । अमेरिकाबाट शुरु भएको लायन्स क्लबमा सयभन्दा बढी राष्ट्र जोडिएका छन् । अन्य मुलुकमा लायन्स क्लब साँच्चिकै सामाजिक संस्था हो भन्ने सकारात्मक प्रभाव परेको छ । तर, नेपालको हकमा चाहिँ नकारात्मक प्रभाव बढी छ । नारा ‘हामी सेवा गर्छौं’ हो तर कामचाहिँ आफ्नो सेवा हुने गरेको छ । यसमा विदेश मोहबाट बढी प्रभावित भएर लाग्ने गरेका छन् । लायन्स क्लब अन्तर्राष्ट्रियले हरेक वर्ष फरक–फरक देशमा कार्यक्रम आयोजना गर्छ । त्यसमा भाग लिन लायन्सको सदस्य भएको हुनुपर्छ । अहिले आर्थिक अवस्था कमजोर भए पनि चर्को रकम तिरेर लायन्सको सदस्य बन्ने क्रम बढ्दो छ कारण विदेश जान र त्यतै लुक्न पाइन्छ ।

नेपालमा लायन्स क्लबलाई भूभागका आधारमा ४ वटा डिष्ट्रिक्टका रूपमा विभाजन गरिएको छ । जसमा ए वान, ए टु र बी वान, बी टु रहेका छन् । बी वानमा झन्डै आठ हजार व्यक्ति आबद्ध छन् । र, क्लब पनि धेरै छन् । अन्य ३ वटा डिस्ट्रिक्टले बी वानको हकमा भन्दा विवादमा नआई सामाजिक काम गरेको पाइन्छ । लायन्स डिस्ट्रिक्टलाई हाँक्ने नेताका रूपमा गभर्नर हुन्छ । गभर्नरमा निकै महŒवपूर्ण र महत्वाकांक्षी नारा तेस्र्याएर छानिन्छ । नारा गभर्नरले ल्याउँछ, मारमा पर्छन् जिल्ला क्लबहरू । उता, अन्तर्राष्ट्रिय शुल्क नै चर्काे त्यसमा पनि नेपालभित्र हुने विभिन्न कार्यक्रममा भाग लिनैप¥यो, पैसा आफ्नै खल्तीबाट । समाजसेवा भन्यो एक दुई काम गर्दा पनि पैसा आफ्नै खल्तीबाट । कहिले बाढीपहिरो, कहिले आगलागी त कहिले के–के ! यी सबैका लागि पैसा आफ्नै खल्तीबाट ।

हुँदाहँुदा गभर्नरले अन्तर्राष्ट्रिय अवार्ड लिनकै लागि ल्याएका महत्वाकांक्षी कार्यक्रम सफल बनाइदिन छुटै रकम निकाल्नै प¥यो । केही वर्ष पहिलेका गभर्नरले विभिन्न क्लबबाट उठाउने गरेको रकम सदुपयोग नभएको नाममा केही वर्ष यो क्रम रोकिएको थियो । अहिलेका गभर्नर धनराज आचार्यले महत्वाकांक्षी नारा ‘पढाऊ अभियान’ शुरु गरेका छन् । आर्थिक अभावमा पढ्नबाट वञ्चित बालबालिकालाई छात्रवृत्ति दिने उद्देश्यले यो अभियान शुरु गरिएको भनिएको छ । जसमा बाध्यात्मक रूपमा क्लबहरूले रकम दिनुपरेको छ । जिल्लास्थित तीन÷चार वटा क्लबले पाँचदेखि १० लाख रुपैयाँ दिनुपर्ने नियम छ । त्यो रकम व्यक्ति आफैंले तिर्नुपर्ने छ र रकम नदिने क्लब, व्यक्ति विभिन्न अवार्ड र डिस्ट्रिक्ट पदमा नरहने पनि पक्का छ । कसैले विरोध ग¥यो भने हरेक अवसरबाट वञ्चित हुने डर ।

राजनीति उस्तै । अहिले विभिन्न लोभलालचमा लायन्स क्लबमा लागेका व्यक्तिले न विदेशमा लुक्न पाए न त लायन्स नै छोड्न सके । निःस्वार्थ समाजसेवा गर्नेले लायन्सबाहिर रहेर गरेको पनि पाइन्छ । पहिले गर्वसाथ म लायन्स भन्ने व्यक्ति अहिले लायन्स भन्न अप्ठ्यारो मान्ने अवस्थामा पुगेका छन् । गभर्नरलाई जसले सहयोग ग¥यो त्यो व्यक्ति हिरो नत्र अरुको खैरियत छैन । गभर्नर आचार्यले ल्याएको महŒवाकांक्षी अभियानमा अहिलेसम्म ३ करोडभन्दा बढी रकम संकलन भएको छ । अझै केही रकमको प्रतिबद्धता आएको छ । गभर्नरले आफू हिरो हुन ल्याएका नाराले तलकाहरू मर्कामा परेका छन् । रकम संकलन भइसकेपछि खास पढाइबाट वञ्चित बालबालिकाले पढ्न पाउँछन् भन्ने विश्वस्त पनि छैन । यो रकम पनि विगतमा जस्तै हिनामिना हुने सम्भावना छ ।

२/४ बालबालिकालाई पढाएको देखाएर बाँकी रकम नेताको खल्तीमा जान्छ । पोखराका एक लायन्स सदस्यले भने, ‘घरमा बालबच्चा छन्, परिवार छ, आफ्नै बालबच्चालाई पढाउन धौधौ परेको छ । विदेश जान पाइन्छ भनेर जबरजस्ता लायन्स बन्न लगाएका हुन् तर विदेश जान पनि भिसा दिएन, धेरै रकम खर्च भयो । लायन्स शुल्क नै धेरै त्यसमा पनि जतिसुकै कार्यक्रम गरे पनि खर्च पहिला आफ्नै खल्तीबाट निकाल्नुपर्छ । आफ्ना सन्तानलाई भोकै राखेर अरूका सन्तानको सेवा गर्छुभन्दा अलि नसुहाउँदो रहेछ । हरेक वर्ष विभिन्न कार्यक्रमका लागि रकम उठाउने गरिन्छ तर कहाँ–कहाँ कार्यक्रम लागू गरियो, कति रकम खर्च भयो, सीमित व्यक्तिलाई मात्र थाहा हुन्छ । करोडांै रूपैयाँ भ्रष्टाचार भएको छ तर अहिलेसम्म छानबिन गर्ने निकाय देखिएको छैन ।

दुर्गम क्षेत्रका लागि भनेर करोडौं रकम मगाउने गर्छन् तर त्यो योजना सुगम काठमाडौं र पोखराभन्दा अन्यत्र कहिल्यै गएको छैन । जहाँ सेवा आवश्यक छ त्यहाँका जनताले पाएका छैनन् । समाजसेवाको नाममा भैरहेको भष्टाचारको अनुसन्धान गर्ने निकाय खै ? नाममात्रका सामाजिक संस्थाको लुट्ने प्रवृत्ति कहिलेसम्म रहने हो ? गत वर्षको बाढी पहिरोबाट प्रभावित केही जिल्लाका लागि अन्य संघसंस्थाजस्तै लायन्स क्लब डिस्ट्रिक्ट ३२५ बी वानले अन्तर्राष्ट्रियबाट लाखौं रकम राहतस्वरूप समेत मागे । नेपालकै विभिन्न जिल्लाका क्लबमा आबद्ध व्यक्तिबाट समेत स्वेच्छिक रकम संकलन भयो । यो वर्ष पनि तराईका विभिन्न जिल्लामा गएको बढीले प्रभावित व्यक्तिहरूको नाममा फेरि लाखौं रुपैयाँ जिल्ला–जिल्लाबाट संकलन गरिएको छ । तर, राहत वितरणमा विगतको जस्तै अवस्था छ ।

मनपरी ढंगले वितरण र संकलन भएको छ । कुनै पनि निकायले छानबिन गर्ने आँट गरेको छैन । कति रकम संकलन भयो, कति रकमको सामान वितरण गरियो, के–के वितरण गरियो, कहिल्यै बाहिर आउन सकेको छैन । लायन्स क्लबका विभिन्न मिटिङमा यी कुरा आँट गरेर कसैले उठाए पनि जवाफ कहिल्यै आउँदैन । त्यो प्रश्न गर्ने व्यक्तिलाई ठेगान लगाइन्छ । विगत र अहिले पनि राहतमा वितरण गरिएका सामान हेर्दा उठेको ५० प्रतिशत रकम मात्र खर्च भएको देखिन्छ, बाँकी रकम कता जान्छ ? पछि केही अफ्ट्यारो पर्छ कि भनेर अहिले राहत वितरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसम्मलाई प्रयोग गरेका छन् । तराईका केही जिल्लामा राहत वितरणमा लायन्सकै ज्याकेट लगाएर माधवकुमार नेपाल प्रमुख अतिथिको रूपमा संलग्न भए । उनलाई के थाहा लायन्सभित्रको रामकहानी ।

टिप्पणीहरू