राजकुमार उच्च जिम्मेवारीमा रोजिए

राजकुमार उच्च जिम्मेवारीमा रोजिए

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन् । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यानको सर्वोच्च पद क्षेत्रीलाई दिएको हो ।

उमेर हद लागेका हाकिम राजन पोखरेलले हिजो मंगलबार साँझै पदबाट राजीनामा दिएसँगै मन्त्रालयले क्यानकै १२औँ तहका उपमहानिर्देशक क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको हो ।  हवाई उड्डयन क्षेत्रमा ३४ वर्ष लामो अनुभव रहेका क्षेत्रीले यसअघि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक चलाइसकेका छन् ।

यस्तै क्षेत्रीसँग भैरहवा,भरतपुर, विराटनगर र जनकपुरलगायतको विमानस्थलको कमाण्ड गरेको अनुभवसमेत छ । क्यानको कमाण्ड सम्हाल्नका लागि क्षेत्रीसहित प्रतापबाबु तिवारी,भोला गुरागाईहरु प्रतिष्पर्धामा छन् ।

टिप्पणीहरू