मध्यरातमा गुल्मीमा पहिरो, घरमा सुतिरहेका ३ जना पुरिए

मध्यरातमा गुल्मीमा पहिरो, घरमा सुतिरहेका ३ जना पुरिए

गुल्मीमा गए राति पहिरो जाँदा घरमा सुतिरहेका तीन जना पुरिएका छन् । रेसुंगा नगरपालिका ८, थुम्कामा गएको पहिरोले तिलक परियारको घर पुरेको हो ।

पहिरोले पुरिएपछि कोठामा सुतिरहेका तिलकका छोरीहरू २१ वर्षकी भावना परियार, १४ वर्षका जुम्ल्याहा छोरीहरु गंगा र जमुनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार राति १ बजे आएको पहिरोले घर भत्किँदा एउटै कोठामा सुतेका उनीहरुको पुरिएर मृत्यु भएको हो ।

पुरिएका तीनैजनालाई स्थानीय, नेपाली सेना र नेपाल प्रहरीले तत्काल उद्धार गरे पनि घटनास्थलमा ज्यान गइसकेको थियो । शवलाई अहिले गुल्मी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू