​बहुपत्नीवालाको बढुवा

नेपाली सेना साँच्चै चार जात छत्तीस वर्णको फूलबारी रहेछ । यहाँ राम्रा–नराम्रा, सोझा–बांगा, भ्रष्टाचारी, बहुविवाह, महिला सैनिकलाई प्रलोभनमा पारी यौन शोषण गर्ने, आफ्नै सैनिक दाजुभाइलाई विदेश पठाएर तिनका श्रीमतीको यौन शोषण गर्ने, चाकरी–चाप्लुसी गर्ने, ठूलाबडालाई कोसेली दिएर दुनो सोझ्याउने सबैखाले मानिसको हालीमुहाली छ । 

यिनैमध्येका हुन् ११ नं. बाहिनीका प्राविधिक उपसेनानी नवराज कार्की । घर रामेछाप । जेठी श्रीमती रामेछापकै बाँदर लड्ने भीरमा पसिना बगाउँदै छिन् । जेठीपट्टि एउटी छोरी छन् । २०५८ सालमा प्राविधिक जमदार हुँदा भिœयाएकी कान्छीका तर्फबाट तीन छोरी जन्मिएका छन् । बहुविवाह गरे पनि उनी कारबाहीमा परेनन् । बरु ११ बाहिनीमै सुवेदार, सुवेदार मेजर हुँदै एक वर्षअगाडि आन्तरिक बढुवाबाट प्राविधिक उपसेनानीमा बढुवा भइसकेका छन् । सुवेदार मेजर हुँदा काठमाडौंमा आलिशान घरसमेत बनाएका छन् । बहुविवाह गरेका व्यक्ति कसरी अफिसर भए ? ११ बाहिनीले किन सिफारिस ग¥यो ? सैनिक सचिव विभागले के हे¥यो ? डिएमआईले के हे¥यो ?
 
कार्कीले गाउँकी जेठी श्रीमती र छोरीलाई खान–लाउन दिएका छैनन् । छोरीको पढाइ त झन् कता हो कता ! जेठीसँग नाता प्रमाणित नै भएको छैन, नागरिकता पनि छैन । कान्छी र तिनका छोरीलाई भने महारानीजसरी राखेका छन् । आलिशान घरमा बस्छन् । बहुविवाह नगर्नु थियो गरिहाले । तर जेठीलाई पनि राम्रोसँग हेर्ने र समय–समयमा गाउँ गएर श्रीमानको भूमिका निभाए त सन्तुष्ट बन्न सकिन्थ्यो होला । कान्छी भिœयाएको दिनदेखि उनले जेठीको मुख पनि हेरेका छैनन् । जवानीमा सबैभन्दा राम्री लागेकी जेठी सम्पत्ति कमाएपछि कसरी नराम्री भइन् ? यस्ता व्यभिचारीलाई कारबाही गर्नु पर्दैन ?

– ११ बाहिनीका पदिकहरू

टिप्पणीहरू