लमजुङमा २९ किलो जडिबुटी बोकेका ३ जना पक्राउ - Jana Aastha News Online Jana Aastha News Online
Logo
३० आश्विन २०७८, शनिबार
|  Sat Oct 16 2021

लमजुङमा २९ किलो जडिबुटी बोकेका ३ जना पक्राउ

प्रकाशित मिति :  ५ आश्विन २०७८, मंगलवार २०:२०


लमजुङबाट जडिबुटी तस्करीमा संलग्न तीन जनालाई प्रहरीले पक्रेको छ । आज बिहान जडिबुटी बोकेर हिँडेका उनीहरु बेंशीसहरको सातबिसेबाट पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट प्रहरीले हिमाली भेगमा पाइने पाँचऔंले १५ केजी ५ सय ग्राम र नीरमसी १३ केजी ४ सय ग्राम बरामद गरेको हो ।

जडिबुटी तस्करीमा संलग्न भएको आरोपमा लमजुङको मर्स्याङ्दी गाउँपालिकाका ३८ वर्षे रामबहादुर तामाङ, वर्ष २४ का मीनबहादुर तामाङ र ४८ वर्षीय आइतराम तामाङलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाइएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !