धितोपत्र बोर्डको प्रतिवेदन तयार, प्रधानमन्त्रीले हेरेपछि भन्ने

धितोपत्र बोर्डको प्रतिवेदन तयार, प्रधानमन्त्रीले हेरेपछि भन्ने

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाका कामकारबाहीमाथि गरिएको जाँचबुझसम्बन्धी प्रतिवेदन सरकारलाई बुझाइएको छ । समितिले प्रतिवेदन आज अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएको हो ।

उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा विज्ञ सदस्य नारायणप्रसाद पौडेल र सहसचिव अर्जुनकुमार खड्का रहेको तीन सदस्यीय जाँचबुझ समितिले प्रतिवेदन तयार पारेको हो ।

अध्यक्ष ढुंगानाले सर्वोत्तम सिमेन्ट कम्पनीको सेयर आफन्तको नाममा खरिद गरेको भन्दै विवाद उठेपछि सरकारले जाँचबुझ समिति गठन गरेको थियो ।

अर्थमन्त्रीले आफूले प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पुर्याउने बताउँदै प्रतिवेदनको अध्ययनपछि मात्रै आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिनुभएको छ ।

टिप्पणीहरू