​पुतलीसँग मस्ती

अष्ट्रियाका वेश्यालय धाउने पुरुषले वेश्यासँग होइन, यौन पुतलीसँग मैथुन गर्न रुचाउने गरेको रहस्य वेश्यालयका एक मालिक्नी फ्राउ मोनिकाले खोलेकी छन् । भियनास्थित वेश्यालय ‘कोन्ताक्थोप’ चलाउँदै आएकी उनले यौनपुतलीसँग मैथुन गरेको शुल्क प्रतिघण्टाको ९३ अमेरिकी डलर लिने गरेको बताइन् । उनैको भनाइमा वेश्याको एक घण्टाको शुल्कभन्दा यो धेरै हो । युरोपमा जापानी यौन पुतली ‘फन्नी’ एकदम लोकप्रिय छ । पाँच फुट एक इञ्च उचाइको सो पुतली मानवभन्दा आकर्षक र सेक्सी रहेको ठम्याइ पुरुषहरुको छ । मोनिकाले यौन पुतलीबाट राम्रो आम्दानी हुन थालेकाले यस्तै अर्को पुतली झिकाउँदै छिन् ।

टिप्पणीहरू