​गोप्यमाथि गड्बडी

अमेरिकाको साउथ क्यारोलिनास्थित स्ट्रार्टफोर्ड हाइस्कुलकी प्रिन्सिपल हेडर टेलरले छात्राहरुलाई लेगिंग्स नलगाइ स्कुल आउन जारी गरेको उर्दीपछि क्षमायाचना गरेकी छन् । उनको भनाइ थियो, ‘प्यान्ट नलगाइ लेगिंग्स लगाएपछि छात्राहरु मोटी देखिन्छन् । गोप्य अंग प्रदर्शन हुन्छ ।’ एउटी छात्राले टेलरले बोलिरहेको भिडियो क्लिप सामाजिक सञ्जालमा हालेपछि टेलर निकै आलोचित बनिन् । छात्रा तथा अभिभावकको तर्फबाट नराम्रो प्रतिक्रिया खपिन् । यद्यपि छात्रहरुले भने लेगिंग्स लगाउँदा छात्राहरुको गोप्य अंग प्रष्ट देखिन्छ भन्ने प्रिन्सिपलको भनाइप्रति खुशी व्यक्त गरेका छन् । 

टिप्पणीहरू