​छोरोसँग बिहे गर्नेलाई सफाई

आफ्नै छोरासँग बिहे गर्ने जिम्बाबेकी ४० वर्षीया बेट्टी म्बेरेकोले अदालतबाट सफाइ पाएकी छन् । लोग्नेको मृत्युको १२ वर्षपछि २३ वर्षीय छोरो फाराइ म्बेरेकोसँग शारीरिक सम्बन्ध राखेको र पछि बिहे गरेको बताइन् । बिहेअघि ६ महिनाको गर्भ बोकिसकेकी उनको भनाइ थियो, ‘लोग्नेको मृत्युपछि पढाइको सम्पूर्ण खर्च आफूले गर्दै आएकाले छोरामाथि मेरो हक लाग्छ । मैले गरेको लगानीमा अरुले फाइदा नलिउन् भनी मैले उनीसँग बिहे गरेको हुँ ।’ अदालतसमक्ष फाराइले पनि बाबुको ऋण चुक्ता गर्न आमासँग बिहे गरेको बताए । 

टिप्पणीहरू