आज ५ को निधन, १३ सय संक्रमित

आज ५ को निधन, १३ सय संक्रमित

मुलुकभर आज १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । यसबीचमा १ हजार ८ सय ३० जना संक्रमणमुक्त भएका छन् ।

आज गरिएको ९ हजार ६ सय २६ जनाको पीसीआर र ३ हजार ९ सय ९६ जनाको एन्टिजेन परीक्षणबाट उक्त संख्या देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८६ हजार ५ सय ७७ पुगेको छ । तीमध्ये ७ लाख ५४ हजार निको भएका छन् ।

प्राप्त विवरणअनुसार आज मुलकभर २१ हजार ५ सय २४ जना सक्रिय संक्रमित छन् । तीमध्ये २० हजार १ सय ६४ जना होम र १ हजार ३ सय ६० जना संस्थागत आइसोलेसनमा छन् । कोरोना संक्रमितमध्ये ३ सय ३५ जनाको आइसीयु र १ सय ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

टिप्पणीहरू