माओवादीमा टीके प्रथा बन्द,सबैलाई मन जित्न अनिवार्य

माओवादीमा टीके प्रथा बन्द,सबैलाई मन जित्न अनिवार्य

आगामी पुसमा राष्ट्रिय सम्मेलन गर्ने तयारीमा रहेको नेकपा (माओवादी केन्द्र) ले सबै तहका कमिटीको नेतृत्व निर्वाचनमार्फत ल्याउने भएको छ । केन्द्रीय निर्वाचन आयोगको भर्चुअल बैठकलाई सम्बोधन गर्ने क्रममा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै तहका कमिटीको नेतृत्व निर्वाचनबाट चयन हुने बताउनुभएको हो ।

बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीलाई विधि र पद्धतिसम्मत रुपमा सञ्चालन गरिने बताउँदै सबै कमिटीका सदस्यदेखि पदाधिकारीसम्म निर्वाचनमार्फत चुनिने प्रष्ट पार्नुभयो ।

माओवादीले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधिसमेत बनाएको छ ।

कार्यविधिमा पार्टी अध्यक्ष र पदाधिकारीको चयन पनि निर्वाचनबाटै गर्ने उल्लेख छ ।कार्यविधि अनुसार वडादेखि केन्द्रसम्मका दुई लाख ८५ हजार पदहरुमा नेतृत्व चयन निर्वाचनमार्फत हुने छ ।

माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।

टिप्पणीहरू