केपी ओलीलाई मिलेन अन्तरिम,माधवलाई राहत

केपी ओलीलाई मिलेन अन्तरिम,माधवलाई राहत

एमाले पार्टी परित्याग गरेर गएका माधव नेपालसहित १४ सांसद,सभामुख अग्नि सापकोटा र निर्वाचन आयोगलाई विपक्षी बनाउँदै अध्यक्ष केपी ओलीले दायर गर्नुभएको रिटमा सर्वाेच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायधीशद्व दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलाशले केपी शर्मा ओलीले माग गर्नुभएबमोजिम अन्तरिम आदेश दिन इन्कार गरेको हो ।

हिजो सोमबारदेखि शुरु भएको बहसमा ओलीका तर्फबाट पूर्व महान्यायाधिवक्ता रमेश बडाल,ओलीका कानुनी सल्लाहकार बाबुराम दाहाल, रविनारायण खनाल, ईश्वरी भट्टराईलगायत र विपक्षीतर्फबाट शम्भु थापा,गोविन्द बन्दी र हरिहर दाहाललगायतको बहस सुनिसकेपछि सर्वोच्च अदालतले निर्वाचन आयोगदेखि संसद्‌सम्मका सक्कल फाइल मगाउन आदेश जारी गरेको छ ।

No description available.

ओलीको पेलाईमा परेपछि माधवकुमार नेपालले गत भदौमा निर्वाचन आयोगमा एकीकृत समाजवादी दल दर्ता गठन गरेसँगै केपी शर्मा ओली गत १६ भदौमा निर्वाचन आयोग र सभामुखविरुद्ध रिट लिएर अदालत पुग्नुभएको थियो ।

टिप्पणीहरू