कस्तो गुप्तचरी ?

उत्तर कोरियाको एकपछि अर्को बम परीक्षण देखेर अमेरिका हैरान भएको छ । उत्तर कोरियाले आणविक हतियार बनाउने काममा यति धेरै प्रगति गरिसक्यो भनेर अमेरिकालाई अहिलेसम्म थाहै रहेनछ । उसले ठानेको होला, उत्तर कोरिया कुनै खेलौना हतियार बनाउँदै छ । अहिले परीक्षण गर्दा पो थाहा भयो, यो खेलौना त होइन रहेछ । 

अहिले अमेरिका छक्क पर्नुको अर्को कारण पनि छ । संसारकै गुप्तचरी गर्नमा अमेरिका खप्पिस छ । तर, अमेरिकाले आफ्नो गुप्तचर विभागमा कस्ता नालायकहरू पालिराखेका हुन्, त्यो त अहिले पो थाहा भयो । उत्तर कोरियासँग यत्रो आणविक हतियार छ तर एउटै पत्ता लगाउन सकेन । उता इराकमा चाहिँ हुँदै नभएको हतियार पनि छ भनेर रिपोर्ट बनाइदियो । हतियारै नभएको ठाउँमा हतियार छ भनेर पत्ता लगाउने । अनि हतियारको भण्डारै बनाइसकेको ठाउँमा चाहिँ के छ भन्नेसम्म पनि सुइँको नपाउने । कस्तो गुप्तचरी हो यो अमेरिकाको ? यो त गुप्तचरी होइन, नकचरी पो भयो !

टिप्पणीहरू