सवारी दुर्घटना र हात्तिले कुल्चेर २ जनाको ज्यान गयो

सवारी दुर्घटना र हात्तिले कुल्चेर २ जनाको ज्यान गयो

सप्तरीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । खडक नगरपालिका ६ विरपुरमा बा.१४ च ६२७९ नम्बरको पिकअप र ना.३७ प ३८९४ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका ३७ वर्षीय शिवशक्ति चौधरीको युनिभर्सल अस्पताल कल्याणपुर हुँदै गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा थप उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालक फरार भएको प्रहरीले जनाएको छ ।

उता, सुनसरीमा जंगली हात्तीले कुल्चेर एक जनाको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका ११, खत्वे टोल बस्ने ६५ वर्षीया ममनीदेवी खत्वेको जंगली हात्तीले कुल्चेर मृत्यु भएको छ ।

बारीमा घाँस काट्ने क्रममा कोशी टप्पु वन्यजन्तु आरक्षणबाट आएको जंगली हात्तीले उनलाई कुल्चेपछि उद्धार गरेर घरतर्फ ल्याउदै गर्दा बाटैमा मृत्यु भएको हो ।

टिप्पणीहरू