युवा संगठन नेपाल रत्नपार्कमा जाग्ने

युवा संगठन नेपाल रत्नपार्कमा जाग्ने

युवा संगठन नेपालले आज विरोध प्रदर्शन गर्ने भएको छ । लागुऔषध दुर्ब्यसनीकाविरुद्ध संगठनले विरोध प्रदर्शन गर्न लागेको हो । लागुऔषध प्रयोगका कारण परिवार तथा समाजमा पर्ने असरबारे सचेत गराउन प्रदर्शन गर्न लागिएको बताइएको छ ।

आज रत्नपार्कमा हुने प्रदर्शनमा लागुऔषध प्रयोगका कारण परिवारमा तनाव सिर्जना हुने, परिवारको इज्जत नरहने, छिमेकीहरुको सम्बन्ध नराम्रो हुने, समाजले परिवारलाई एक्लो बनाइदिने,परिवारको आर्थिक अवस्था बिग्रने,समाजमा चोरी बढ्ने, होहल्ला हुने,अपराधका घटना बढ्ने, विकास निर्माणका कार्यमा समेत खलल पुग्ने विषयमा सचेत गराउन लागिएको संगठनले जनाएको छ ।

संगठनको काठमाडौं,ललितपुर र भक्तपुर इकाइले संयुक्त रुपमा आयोजन गर्न लागेको प्रदर्शनमा लागुऔषध सेवनका कारण मष्तिस्क घात,मनोरोग,दम,अल्सर,क्यान्सर, एचाईभी एड्सलगायतका रोग लाग्ने भएकाले पनि यसबाट सचेत गराउन प्रदर्शन गर्न लागिएको बताइएको छ । पछिल्लो समय लागुऔषध दुर्ब्यसनका घटना बढ्दै गएको प्रहरीको तथ्याङ्कमा समेत उल्लेख छ ।

टिप्पणीहरू