माधव नेपालको प्राथमिकतामा के-के परे ?

माधव नेपालको प्राथमिकतामा के-के परे ?

नेकपा एकीकृत समाजवादीले आज केन्द्रीय कमिटीको पहिलो बैठक बोलाएको छ । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

क्वालिटी ब्याङ्क्वेट,बुद्धनगरमा बोलाइएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा सात वटा एजेण्डा प्रस्तुत हुने बताइएको छ ।

आजको बैठकअघि सबै केन्द्रीय सदस्यको सपथ ग्रहण कार्यक्रम राखिएको छ । त्यसपछि शुरु हुने औपचारिक बैठकमा अध्यक्ष नेपालले आफ्नो धारणासहित राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुहुने स्रोतले बताएको छ ।

बैठकमा प्रस्तुत हुने राजनीतिक प्रस्तावमा सामूहिक छलफल र निर्णयपछि कमिटीलाई थप बिस्तार गर्ने कार्यक्रम रहेको छ ।

केन्द्रीय कमिटीको आजको बैठकले पार्टीका आवधिक कार्ययोजनालाई पनि अनुमोदन गर्नेछ । त्यसपछि समसामयिक प्रस्तावहरुउपर छलफल र अनुमोदनपछि विविध विषयमा केही निर्णय गरेर आजै बैठक सकिने बताइएको छ ।

टिप्पणीहरू