सँसद विघटनपछि एमालेप्रति युवा आकर्षित ?

सँसद विघटनपछि एमालेप्रति युवा आकर्षित ?

एमाले स्थायी समितिको आज बसेको बैठकले आगामी महाधिवेशनमा सबै पदाधिकारी हलबाटै निर्वाचित हुने व्यवस्था गरेको छ ।

आज असोज १५ गतेदेखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा पेश गरिने राजनीतिक प्रतिवेदन, विधान सँशोधन प्रस्ताव र सांगठनिक प्रतिवेदनमाथि छलफल भएको बताइएको छ ।

आगामी शुक्रबार र शनिबार बस्ने केन्द्रीय समितिको बैठकमा स्थायी समिति बैठकबाट प्राप्त सुझावलाई समेटेर एजेण्डालाई अन्तिम रुप दिइने बताइएको छ । विधानमा आवश्यक संशोधन गरेर सबै पदाधिकारी महाधिवेशनको हलबाटै निर्वाचित हुने व्यवस्था गर्न लागिएको हो ।

महासचिव ईश्वर पोखरेलले पेश गर्नुभएको संगठनात्मक प्रतिवेदनको मस्यौदामा २०७७ पुस ५ गतेपछि एमालेमा युवाहरुको आकर्षण बढेको उल्लेख गरिएको छ ।

विधानमा उमेर हदबन्दीलाई ७० वर्ष कायम गरिएको र कार्यकारी पदमा दुई वर्षे थ्रेस होल्ड कायम गरिएको सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, ‘अध्यक्ष मात्रै निर्वाचित हुने व्यवस्थाप्रति पार्टीभित्र असन्तुष्टि बढेपछि पुरानै संरचना कायम गरिएको हो ।’

टिप्पणीहरू