​के देखिँदै छ मधेसमा

सिरहादेखि पर्सासम्म यसबीच माओवादीले राम्रो शक्ति प्रदर्शन गरेको देखिएको छ । एमालेको मेची–महाकाली अभियानजस्तो कहीँ पनि उसलाई विरोध, अवरोध देखिएन । एमालेको पनि शक्तिमा ह्रास भने पाइएन किनभने कार्यकर्ता परिचालित हुन सक्ने अवस्थामा पुगे ।

एमालेले उम्मेदवारी मनोनयनपछि मात्र आक्रामक ढंगले प्रचारप्रसारमा लाग्ने योजना बनाएको बुझिएको छ । स्रोतका अनुसार अहिलेदेखि नै माहोल बनाउन लाग्दा अपहरणमा, आक्रमणमा परिने र उस्तै परे मारिनेसम्मको त्रासमा एमाले छ । अहिले नै भिडन्तमा उत्रिएर तनाव नलिने र प्रथम बन्न कांग्रेसबाहेक अरू कसैसँग आफ्नो प्रतिस्पर्धा नरहेको एमालेको ठहर छ । शेखर कोइरालाबाहेक कांग्रेसका कुनै पनि नेता मधेस नघुमेकाले आफ्नो पक्षमा माहोल बनाउन सक्ने उसको बुझाइ छ । खुमबहादुर पनि कांग्रेसभित्रै भद्रगोल रहेकाले मधेस कांग्रेसको पक्षमा आउनेमा शंका व्यक्त गर्छन् । राजपाभित्र भने कसलाई उम्मेदवार दिने भन्ने तानातानमै लफडा देखिन्छ ।

६ वटा पूर्वपार्टीबाट आकांक्षी देखिँदा नेतृत्व संकटमा छ । उता, उपेन्द्रले भने अधिकांश ठाउँमा उम्मेदवार तोकेका छन् । तर, त्यहाँ ८० प्रतिशतभन्दा बढी यादव परे । जबकि मधेसमा यादवको जनसंख्या भनेको जम्मा १४ प्रतिशत मात्र हो । यादवबाहेक अरूको मत उनलाई झर्ने सम्भावना कम छ । विजय गच्छदारले मधेस विरोधीका रूपमा बिग्रेको आफ्नो छवि सुधार्न नसक्दा उनलाई समस्या छ । धेरै ठाउँमा कांगे्रस–एमालेको प्रतिस्पर्धा र थोरै ठाउँमा अन्य दलबीच प्रतिस्पर्धा रहने स्वतन्त्र पर्यवेक्षकको भनाइ छ । 

टिप्पणीहरू