पिलो निचोरे पनि ओलीलाई आनन्द नआएको माधव नेपालको ठोकुवा

पिलो निचोरे पनि ओलीलाई आनन्द नआएको माधव नेपालको ठोकुवा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट आफूहरु चोइटिएर हाइसञ्चो भएको भन्ने केपी ओलीलाई कुनै आनन्द नरहेको बताउनुभएको छ । केही समयअघि ओलीले भन्नुभएको भनाइप्रति लक्षित गर्दै उहाँले पिलो निचोरिएको भन्नेले संसदमा दिनदिनै किन कुर्लिएको भनेर जिज्ञासा राख्नुभएको छ ।

उहाँले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसदमा कुरा उठाउन नपाइने संवैधानिक व्यवस्था भए पनि एमाले सांसदहरु अरुको काँध चढ्दै र माइक खोस्दै नाक भाँचिदिन्छु भनेर संसदमा उफ्रिएको सम्बन्धमा आश्चर्य व्यक्त गर्नुभएको हो ।

आज पेशागत महासंघ नेपाल, राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले उक्त भनाइ राख्नुभएको हो । त्यसक्रममा उहाँले प्रदेश नं. १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दाबीसमेत गर्नुभएको छ ।

उहाँले प्रदेश नम्बर २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको सशक्त उपस्थिति रहेको उल्लेख गर्दै नेताहरुलाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।

टिप्पणीहरू