संविधान दिवसमा विभिन्न क्षेत्रका ३१ जना सम्मानित

संविधान दिवसमा विभिन्न क्षेत्रका ३१ जना सम्मानित

सिजन मिडियाले आफ्नो १३ औं स्थापना र संविधान दिवस २०७८ को अवसरमा विभिन्न क्षेत्रका ३१ जनालाई अवार्ड तथा सम्मान प्रदान गरेको छ । मिडियाले वरिष्ठ स्त्री रोग तथा प्रस्तुति विशेषज्ञ डा. भोला रिजाललाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ तथा अन्य ३० जनालाई हिजो बेलुका र्याडिसन होटेलमा नेशनल प्रोफेसनल अवार्ड प्रदान गरेको हो ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रिजाललाई अवार्ड एवम् वरिष्ठ पत्रकार तथा जनआस्था मिडियाका सम्पादक किशोर श्रेष्ठलाई स्पेशल अनर जर्नालिज्म अवार्डबाट सम्मानित गर्नुभएको थियो ।नेशनल प्रोफेसनल अचिभमेन्ट अवार्ड स्पेशल बैंकिङ अनर अवार्डबाट सिभिल मर्चेन्टका पूर्व सिईओ तथा राष्ट्रिय वाणिज्य सहकारी संस्थाका अध्यक्ष जयन्द्रलाल श्रेष्ठलाई,मोस्ट इन्स्पायरिङ एन्ड इन्फुलियन्स वुमन अवार्डबाट महिला उद्यमी भवानी राणा,सिनियर अर्थोपेडिक स्पाइन सर्जन अवार्डबाट डा. पशुपति चौधरीलाई सम्मानित गरिएको छ ।

त्यस्तै,बेस्ट सिनेम्याटोग्राफर अवार्डबाट निरज कँडेल सम्मानित हुनुभयो भने मिडिया एण्ड भिडियो डाइरेक्टर इन डायस्पोरा कुशल क्षेत्री र भर्सटायल एक्टर अवार्ड कोशिस क्षेत्रीलाई अर्पण गरियो ।मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले सन् २०१९ मा दुबईमा पहिलो संस्करण सम्पन्न भएको नेशनल प्रोफेसनल अचिभमेन्ट अवार्डको दोस्रो संस्करण कोभिडका कारण स्वदेशमा आयोजना गरिएको जानकारी गराउनुभएको छ ।

टिप्पणीहरू