काठमाडौं पनि अबदेखि साक्षर जिल्लाको सूचीमा

काठमाडौं पनि अबदेखि साक्षर जिल्लाको सूचीमा

मुलुकको राजधानी रहेको काठमाडौंलाई साक्षर जिल्ला घोषणा गरिएको छ । आज बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नुभएको हो ।

काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री सुवेदीले काठमाडौं जिल्लाको साक्षरता प्रतिशत ९६ दशमलब ८८ प्रतिशत रहेकाले साक्षर जिल्ला घोषणा गरिएको बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्रप्रसाद लुइँटेलले शिक्षामा व्यवस्थापकीय चुनौति प्रशस्त रहेको बताउनुभयो । निर्देशक लुइँटेलले भन्नुभयो, ‘शिक्षामा व्यवस्थापकीय चुनौति छ । श्रोत र साधन छ तर व्यवस्थापन र कार्यान्वयनमा जटिल खालको चुनौति छ ।’

१५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित भएका क्षेत्र एवम् जिल्ला र राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने शिक्षा मन्त्रालयको नीतिगत निर्णयअनुरुप आज काठमाडौंलाई साक्षर जिल्ला घोषणा गरिएको जानकारी दिइएको छ ।

टिप्पणीहरू