स्याङ्जामा जुवा खेल्ने र खेलाउनेको बिगबिगी

स्याङ्जामा जुवा खेल्ने र खेलाउनेको बिगबिगी

स्याङ्जाको पुजतलीबजार नगरपालिका १३, तोरीखोलाबाट आधा दर्जनबढी जुवाडे पक्राउ परेका छन् । स्थानीय तुलबहादुर थापाको घरमा तास खेलिरहेको अवस्थामा घरबेटी थापालगायत सातजनालाई प्रहरीले पक्राउ गरेको हो ।

थापाको घरमा विगत केही दिनदेखि जुवा खेलिरहेको सुराकी प्राप्त गरेपछि प्रहरीले छापा मार्दा जुवाडेहरु खालबाटै पक्राउ परेका हुन् । जुवाडेसँगै प्रहरीले ६६ हजार ५ सय ६५ रुपैयाँ नगद र ४ बुक तास समेत बरामद गरेको बताइएको छ ।

टिप्पणीहरू