जबर्जस्ती बजेट पास गरेकाले बिरोध निरन्तर : एमाले

जबर्जस्ती बजेट पास गरेकाले बिरोध निरन्तर : एमाले

आज दिउँसो प्रतिनिधिसभाको बैठकले बजेट अध्यादेश प्रतिस्थापन विधेयक पारित गरेको छ । आफ्नो निरन्तर अवरोधकाबीच पनि विनियोजन विधेयक पारित हुँदा एमाले सरकारले जबर्जस्तीको आरोप लगाएको छ ।

एमालेले संसदमा विनियोजन विधेयक पारित गर्दैमा आफूहरुको आन्दोलन नरोकिने बताएको छ । लगत्तै संसद भवनमा बसेको एमाले संसदीय दलको अनौपचारिक बैठकले सभामुख अग्निप्रसाद सापकोटाको कार्यशैलीको समेत आलोचना गरेको छ ।

सचिव प्रदीप ज्ञवालीका अनुसार सभामुखको कार्यशैलीबाट एमालेमाथि अन्याय भएको छ । संसद बैठकले बजेट पारित गरे पनि एमालेले भने सभामुखमाथि सो को दोष लगाउँदै आएको छ ।

सभामुख सापकोटाले नेकपा एमाले विभाजन गर्ने काममा मतियारको भूमिका निभाएको ज्ञवालीको आरोप छ । उहाँका अनुसार एमालेले संसद बैठकमा पुर्याउँदै आएको गतिरोधलाई अझै केही दिन निरन्तरता दिइने छ ।

टिप्पणीहरू