विद्युतको तार लौरोले पन्छाउँदा एक जना ठाउँको ठाउँ बिते

विद्युतको तार लौरोले पन्छाउँदा एक जना ठाउँको ठाउँ बिते

धनुषामा विद्युतको तारलाई लौरोले पन्छाउन खोज्दा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । धानको भुस राखी ल्याउँदै गरेको बा. ३ ख ९६९८ नम्बरको ट्रकलाई विद्युतको तार लौरोले पन्छाउँदै अघि बढाउने क्रममा करेण्ट लागेर महोत्तरी सोनवा गाउँपालिका ५, खैरवनी बस्ने ३० वर्षीय शत्रुघ्न यादवको मृत्यु भएको हो ।

करेन्ट लागेर अशक्त भएका यादवको उपचारको निम्ति जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ । यता राजधानीमा ढल खन्ने क्रममा करेण्ट लागेर अर्का एक जनाको ज्यान गएको छ ।

बुढानीलकण्ठ नगरपालिका ४, पासिकोट बस्ने नुवाकोट घर भएका ४० वर्षीय प्रवीण तामाङको ज्यान गएको हो । ढलान फुटाउने मेसिन चलाउँदा करेन्ट लागि गम्भीर घाइते भएका उनको स्थनीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

टिप्पणीहरू