मकवानपुरमा १० जना मिलेर गाई काटे

मकवानपुरमा १० जना मिलेर गाई काटे

मकवानपुरमा १० जना मिलेर गाई काटेका छन् । उक्त अभियोगमा बकैया गाउँपालिका ११, कालिदमार बस्ने ३८ वर्षीय जनकबहादुर लोहार लगायत १० जना पक्राउ परेका छन् ।

बकैयामा गाई मारेको खबर पाएपछि आफूहरु त्यसतर्फ गएको प्रहरीले जनाएको छ । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय, मकवानपुरबाट खटिएको टोलीले उनीहरूलाई गाईको ५० केजी मासु सहित पक्रेको छ ।

टिप्पणीहरू