बालकोटमा ट्याक्टर दुर्घटना,एक ठहरै

बालकोटमा ट्याक्टर दुर्घटना,एक ठहरै

भक्तपुरको बालकोटमा आज ट्याक्टर दुर्घटना भएको छ । र, चालककोे मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका २, बालकोटमा बालुवा र सिमेन्ट लोड गरिएको लु. ४ त २५४२ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बर्दियाको राजपुर घर भई हाल बालकोट बस्ने २४ वर्षीय रोशन चौधरी रहेका छन् । ट्याक्टरको स्टेरिङले च्यापिएको अवस्थामा उद्धार गरिएका चौधरीको मध्यपुर अस्पताल ठिमीमा उपचारकै क्रममा मृत्यु भएको हो ।

ट्याक्टर दुर्घटनाको कारण बिग्रिएको बाटो, बालुवा तथा सिमेन्टको अत्यधिक लोड रहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू