विप्लवका डाक्टर छोराले दिए आन्दोलनको चेतावनी

विप्लवका डाक्टर छोराले दिए आन्दोलनको चेतावनी

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दले मेडिकल कलेजहरुबिरुध्द फेरि आन्दोलनको चेतावनी दिएका छन् । कोरोनाका कारण अध्यापन नभएका बेलासमेत विद्यार्थीहरुबाट शुल्क उठाइएको भन्दै उनले त्यसो नगर्न चेतावनी दिएका हुन् ।

कोरोनाले कलेज ठप्प भएका बेला पनि मेडिकल कलेजहरुले ‘लेट फी’ का नाममा एकदेखि डेढ लाख रुपैयाँसम्म शुःल्क असुलेको भन्दै उनले आन्दोलनको आवश्यकतामाथि जोड दिएका हुन् । भनेका छन्, ‘कोरोनाले कलेज ठप्प भएका बेला मेडिकल कलेजले विद्यार्थीबाट असुल गरिरहेको लेट फी वापतको एक लाखदेखि डेढ लाखको विषयले फेरि एउटा संघर्षको माग गरिरहेको छ । विद्यार्थीसँग अनावश्यक रकम असुल नगर्न चेतावनी दिन चाहन्छु ।’

गत वर्ष एमबिबिएस पास गरेका चन्दले चितवन मेडिकल कलेजमा अध्ययनरत छँदा लगातार आन्दोलनको नेतृत्व गरेका थिए । नेपालको मेडिकल क्षेत्र दलालीकरणमा फसेको उनको आरोप रहँदै आएको छ । चन्द चिकित्सा शिक्षा संघर्ष समितिका अध्यक्षसमेत थिए ।

टिप्पणीहरू