बुटवलका मेयरमाथि मुक्का प्रहार

बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि मुक्का प्रहार भएको छ । बुटवल ३,ज्योतिनगरमा हालै गएको पहिरो र त्यसबाट भएको क्षति अवलोकन गर्ने क्रममा आज बिहान स्थानीय एक युवाले सुवेदीलाई मुक्का हानेका हुन् ।

सुवेदीसँगै त्यहाँ पुगेको नगर प्रहरीले आक्रमणमा संलग्न युवालाई रोक्दा रोक्दै पनि उक्त घटना भएको बताइन्छ । मेयरलाई मुक्का हान्न थालेपछि प्रहरीले रोक्नासाथ ती युवा भुइँमा लडेका थिए । पहिरो अवलोकनका लागि पुगेका सुवेदी स्थानीयहरु आक्रोशित बनेपछि फर्किएका छन् ।

गत भदौ दोस्रो साताको अविरल वर्षासँगै खसेको पहिरोले बुटवलको ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका झण्डै दुई दर्जन घर क्षतिग्रस्त भएका छन् । त्यहाँका ५० भन्दा बढी घरपरिवार विस्थापित समेत भएका छन् ।

स्थानीयले बाढी र पहिरो प्रभावित क्षेत्रमा कुनै चासो नदिएको र पहिरोले विस्थापित भएको लामो समयसम्म पनि आफ्नो उचित व्यवस्थापन नगरेको भन्दै युवाले आक्रोशित भएर हातपात गरेको बताइएको छ ।

टिप्पणीहरू