उल्लासमय इन्द्रजात्रा, जीवित देवी कुमारीको रथयात्रा (फोटो फिचर)

उल्लासमय इन्द्रजात्रा, जीवित देवी कुमारीको रथयात्रा (फोटो फिचर)

मल्लकालीन राजा प्रताप मल्लले शुरु गरेको मानिने इन्द्रजात्रा पर्व यो वर्ष धुमधामका साथ मनाइएको छ । अघिल्लो वर्ष कोरोना महामारीले गर्दा रोकिएको थियो । यो जात्रालाई काठमाडौबासीले विशेष रुपमा सांस्कृतिक तथा ऐतिहासिक पर्वको रुपमा उमनाने गरेका छन् ।

इन्द्रजात्रामा रथ तान्ने परम्परा लिच्छवीकालीन राजा गुणकामदेवको पालादेखि शुरु भएको मानिन्छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन यो पर्व काठमाडौंलगायत भक्तपुर, ललितपुर, धुलिखेल आदि नेवार वाहुल्यस्थानमा समेत हर्षोल्लासका साथ मनाइन्छ ।

वर्षाका देवता भनेर चिनिने भगवान इन्द्रको पूजाआरधनामा मनाइने यो जात्रालाई काठमाडौ उपत्यकामा मनाइने जात्रामध्येकै लामो मानिन्छ । यस अवसरमा मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखले अवलोकन र श्रीगणेश, श्रीकुमारी र श्रीभैरवको रथमा दक्षिणा चढाएपछि तीनवटै देव–देवीको रथयात्रा प्रारम्भ हुने मान्यता रहीआएको छ ।

हिजो राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत राष्ट्रियसभा अध्यक्ष, सभामुख, प्रधानन्यायाधीश, मन्त्रीगण, सांसदहरुबाट जात्राको अवलोकन गरिएको थियो । त्यस अवसरमा लाखेनाच, पुलुन्किसी नाच, महाकाली नाचलगायत विभिन्न मौलिक सांस्कृतिक झाँकी तथा अन्य देवीदेवताका नाच समेत प्रस्तुत गरिएको थियो ।

हेरौं यो वर्षको इन्द्रजात्राको फोटो फिचर :

टिप्पणीहरू