सँसदमा हुलदंगा बीच देशको बजेट पास

सँसदमा हुलदंगा बीच देशको बजेट पास

नेकपा एमालेले गरेको संसद अवरोधकाबीच सरकारले संसदबाट बजेट अनुमोदन गराएको छ । अघिल्लो केपी ओली सरकारले जेठ १५ गते अध्यादेशमार्फत् जारी गरेको बजेटलाई वर्तमान सरकारले भदौ २३ गते प्रतिस्थापन विधेयकको रुपमा संसदमा प्रस्तुत गरेको थियो ।

अघिल्लो बजेट अध्यादेशमा सामान्य परिवर्तन गरिएको बजेट भर्खरै संसदबाट पारित भएको छ । बजेट संसदले अनुमोदन नगर्दा संविधानतः भदौ ३१ गतेदेखि सरकारले खर्च गर्न पाएको थिएन । आज संसदबाट पास भएको बजेट भदौ ३१ देखि नै लागु हुनेगरी अनुमोदन भएको छ ।

टिप्पणीहरू