नयाँ पार्टी खोल्ने १४ भाइको सुनुवाइ आजै

नयाँ पार्टी खोल्ने १४ भाइको सुनुवाइ आजै

नेकपा एमालेले कारवाही गर्दै फिर्ता लिदै गरेका १४ साँसदलाई खुस्काउन माग गर्दै परेको केपी ओलीको रीटमा आज सुुनुवाइ हुन लागेको छ ।

आफूले कारवाहि गरेका ति साँसदलाई पदबाट निश्कासन नगरेको र निर्वाचन आयोगले पनि अलग पार्टीको मान्यता दिएको भन्दै एमाले अहिले सभामुखविरुद्ध सदनमा आन्दोलित छ ।

न्यायाधीशद्वय दीपक कार्की र कुमार चुडालको बेन्चले आज एमालेले कारवाही गरेका १४ साँसद बिरुद्धको मुध्दामा सुनुवाइ गर्ने छ । एमालेले दायर गरेको रीटउपर सर्वोच्चको सँयुक्त इजलासमा सुनुवाइ र सदनमा सोही विषयमा हँगामा एकैपटक हुने सम्भावना आज रहेको छ ।

मुख्य विपक्षी दल एमालेले साउन २५ गतेको बैठकबाट माधवकुमार नेपालसहितका १४ साँसदलाई पार्टी र सँसदबाट बाहिरको बाटो देखाएको थियो । सोहिअनुसार १भदौमा साँसदबाट समेत निश्कासनको पत्र दर्ता गरेको थियो ।

टिप्पणीहरू