चिनियाँ पाण्डाको ‘बर्थ डे’ फिनल्याण्डमा

चिनियाँ पाण्डाको ‘बर्थ डे’ फिनल्याण्डमा

चीनमा मात्र पाइने विश्वको अति दुर्लभ र संरक्षित वन्यजन्तुको सूचीमा रहेको पाण्डामध्ये एउटाले आफ्नो जन्मदिन फिनल्याण्डमा मनाएको छ । लुमी नामक पोथी पाण्डाको सातौं जन्मदिन फिनल्याण्डको अहतारी चिडियाघरमा मनाइएको सिन्ह्वाले जनाएको छ ।

पाण्डाको जन्मदिनमा चिडियाघरका कर्मचारीले विशेष खाना बनाएका थिए । विशेष सतर्कताकासाथ खोजिएका बाँस र निगालोका पातहरु र केही विशेष फलफूलले पाण्डालाई खुशी बनाएको थियो ।

शनिवार मनाइएको ‘बर्थडे पार्टी’ मा हुलका हुल फिनल्याण्ड नागरिक चिडियाघरमा आएको अधिकारीहरुले बताएका छन् । चीनमा लुमीको नाम चीन पाओपाओ थियो । अहिले फिनल्याण्डमा उनको नामको अर्थ हिउँ हो ।

लुमीले तीन वर्षअघि सन् २०१८ मा आफ्नो प्रेमी पाइरीसँग फिनल्याण्डको यात्रा गरेकी हुन् । लुमीको जोडी नै युरोपका नर्डिक देशहरूमा यात्रा गर्ने पहिलो विशाल पाण्ड जोडी हो ।

यो जोडी फिनल्याण्डको चिडियाघरमा कम्तिमा पनि आगामी १५ वर्षसम्म बस्ने बताइन्छ ।

श्राेत :- सिन्ह्वा

 

टिप्पणीहरू