यताको बैठक अवरोध गर्नु कि उताकोमा बस्नु ?

यताको बैठक अवरोध गर्नु कि उताकोमा बस्नु ?

संसदमा प्रमुख प्रतिपक्षी दल एमालेलाई आज भ्याइनभ्याई हुने भएको छ । आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ । दिउँसो १ बजे दलको स्थायी समितिको बैठक छ ।

समितिको बैठक तुल्सीलाल स्मृति प्रतिष्ठान,च्यासल,ललितपुरमा बोलाइएको हो । अध्यक्ष केपी शर्मा ओलीलगायत अधिकांश स्थायी समिति सदस्य प्रतिनिधिसभा सदस्य समेत भएकाले अघिल्लो सातादेखि एमालेले गर्दै आएको संसद बैठक अवरोध आज पनि गर्नुपर्ने बाध्यता छ । त्यसको लागि प्रतिनिधिसभाको बैठकबाट नेतृत्व पंक्ति ननिस्कन पनि नैतिक दबाब पर्ने बताइन्छ ।

आज सरकारले प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेश प्रतिस्थापन विधेयक जसरी पनि पारित गराउने तयारी छ । यस्तो अवस्थामा बोलाइएको प्रतिनिधिसभाको बैठक र दलको स्थायी समिति बैठकले एमालेलाई भ्याईनभ्याई हुने देखिएको हो ।

टिप्पणीहरू