​उचाइ बढी, उमेर कम

३४ वर्षीया याओ तेफेनलाई एसियाकै अग्ली महिला मानिन्थ्यो । उनको उचाइ ७ फुट ७ इञ्च र वजन ३ सय ९६ पौण्ड । ७८ साइजको जुत्ता चाहिन्थ्यो । आन्हुइ प्रान्तको लिउयान नगरकी उनी तीन वर्षको हुँदै सामान्य केटाकेटीले भन्दा तीन गुणा बढी खान्थिन् । ११ बर्षमै ६ फुट २ इञ्च अग्ली भइन् र १५ वर्षमा ६ फुट ८ इञ्च । अर्को दुई वर्षमा एसियाकै अग्ली महिला बनिन् अर्थात् बास्केटबल खेलाडी झेन हाइसियाभन्दा ७ इञ्च अग्ली । याओका आमाबाबु दुवै ५ फुट २ इञ्च मात्र अग्ला छन् । याओले पछि ग्वाङ्झाउको सर्कस टोलीमा काम गरिन् । सर्कस देखाउने क्रममा धेरैपटक लडेर घाइते बनिन् । शरीरका कतिपय हड्डी भाँचियो तर सर्कस मालिकले अस्पताल लान मानेनन् । ४० वर्षको अल्पायुमै सन् २०१२ मा उनको निधन भयो । उनमा यौनांगसम्बन्धी समस्या पनि थियो ।

टिप्पणीहरू